समाज

महिला बेचविखनको आरोपमा एक जना पक्राउ

साउन २२, २०७७

    काठमाडौं :  महिला बेचविखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मानव बेचविखन अनुसन्धान ब्युरो र भारत स्थित नेपाली दुतावास समेतको सहयोगले विभिन्न प्रलोभन पारी चार जना महिलालाई भारतमा बेचविखन गरी फरार पुरुषलाई पक्राउ गरेको हो।

    ब्यूरोकाअनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका वडा १ स्थायी वतन भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा ३ बस्नेत गाउँमा बस्ने ४६ वर्षीय याङ लाल लामा भन्ने ह्यांग लाल तामाङ रहेका छन।

    पक्राउ व्यक्तिलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान गरी कारवाही गरिने प्रवक्ता गोविन्द थपलियाले जानकारी दिए। उनकाअनुसार उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडाैं जिल्लाबाट ४ जना नेपाली महिलाहरुलाई विभिन्न मितिमा कुवेतमा घरायसी काममा लगाइदिने,राम्रो तलब पाइन्छ भनि प्रलोभनमा समेत पारी राहदानी बनाइदिने लगायत मेडिकल चेकजाँच समेतका कागजातहरु निजले नै तयार गरी जाहेरवाला हरुलाई नेपालबाट २०७३ साल चैत्र महिनामा विरगञ्जको नाका हुँदै भारतको नयाँ दिल्लीस्थित उत्तमपुरमा बन्धक बनाई राखिएको थियो।

    महिलाहरुको उद्धार गरी २०७४ जेठ महिनामा काठमाडौं ल्याई माइती नेपाल केन्द्रमा राखी मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको छ। घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोज तलास गर्ने क्रममा ब्यूरो  खटिएको टोलीले २०७७ श्रावण १९ गते उनलाई पक्राउ गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]