समाज : सुरक्षा/अपराध

१२ केजी चरेस लिएर अटोमै मकवानपुरबाट चन्द्रागिरि

साउन १९, २०७७

    हेटौंडा : मकवानपुरका थाहा नगरपालिका ७ को खर्क स्थित लागुऔषध १२ केजी चरेस प्रहरीले बरामद गरेको छ। थाहा नगरको चित्लाङ तर्फबाट चन्द्रगिरि नगरपालिका जाँदै गरेको प्रदेश नम्बर ३-०३-००१ ह ०२५९ नम्बरको अटोमा शनिबार साँझ चरेस भेटिएपछि प्रहरीले तीन जनासहित नियन्त्रणमा लिएको हो।  

    चरेससहित अटोमा सवार थाहा–७ महादेव खर्क बस्ने ३० वर्षीय शुभराज घलान, थाहानगरकै छापटोल बस्ने वर्ष ३३ का नारायणसिं मुक्तान र थाहा नगरकै फेदीगाँउ देउराली बस्ने ४७ वर्षीय अटो चालक कृष्णबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]