कोभिड-१९ {अपडेट}

बैतडीमा थप ३६ संक्रमित, कुल संख्या २७३

१० वटै स्थानीय तहमा फैलियो

असार १९, २०७७

    बैतडी : बैतडीका आज थप ३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ३६ जनामा कोरोना पुष्टि भएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।

    थप हुने जिल्लाको दोगडाकेदार गाउँपालिकाका १ महिला र १२ पुरुष गरि १३ जना, मेलौली नगरपालिकाका ४ महिला र १५ पुरुष गरि १९ जना र सुर्नया गाउँपालिकाका ४ पुरुषमा कोरोना पुष्टि भएको हो। पुष्टि हुने ८ बर्षदेखि ५० बर्ष उमेर समूहका तथा सबै भारतबाट फर्किएका र आरडिटी पोजेटिभ आएका रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

    उनीहरुमध्ये अधिकांस होम आइसोलेसनमा पठाइसेकेको र केही क्वारेन्टाइनमा रहेकाले छुट्टै आइसोलेटको तयारी भएको सम्वन्धित स्थानीय तहले जनाएका छन्।  यो संगै बैतडीका कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ। 

    १० वटै स्थानीय तहमा कोरोना

    बैतडीका दिनप्रतिदिन कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन्।  जिल्लाका सबै स्थानीय तहमा संक्रमण फैलिएको छ। हालसम्म जिल्लामा २ सय ७३ जनामा संक्रमण पुष्टि भएकोमा सबैभन्दा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ५० जना संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

    यस्तै, शिवनाथ गाउँपालिकाका ४८ , दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ३६ , दशरथचन्द नगरपालिकाका ३३, मेलौली नगरपालिकाका २४,सुर्नया गाउँपालिकाका १४,पाटन नगरपालिकाका ११, डिलाशैनी गाउँपालिका र पुर्चौंडी नगरपालिकामा ७÷ ७ र जनामा संक्रमण पुष्टी भएको छ। जिल्लामा गत जेठ ९ गते पहिलोपटक कोरोना संक्रमण देखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]