राजनीति

बालुवाटारमा ओली-प्रचण्ड तीन घण्टा वार्ता, निष्कर्ष निस्किएन

छलफल सकारात्मक दिशामा अघि बढेको दाबी

असार १९, २०७७

    काठमाडौं : पार्टी भित्रको विवाद चर्किरहँदा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा तीन घण्टा लामो वार्ता भएको छ।

    उक्त भेटवार्तामा दुई नेताबीच सहमति भने नजुटेको दाबी स्रोतले गरेको छ। भेटका क्रममा पार्टीका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए। 

    दुई अध्यक्षबीचको वार्तामा सहमति नजुटे पनि छलफल सकारात्मक दिशामा अघि बढेको बताइएको छ। दुई अध्यक्षबीचको छलफलमा सहभागी नेता जनार्दन शर्माले कुरा सकारात्मक दिशामा अघि बढेको बताएका छन्। 

    वार्तामा सहभागी पौडेलले तत्कालीन एमालेको तर्फबाट साक्षीको रुपमा हस्ताक्षर गरेका थिए भने र शर्माले तत्कालीन माओवादी केन्द्रबाट हस्ताक्षरका साक्षी हुन्।  पौडेल र शर्मा पनि सहभागी भएपछि यो भेटलाई निकै महत्वका साथ हेरिएको थियो। तर दुई अध्यक्षले ठोस निर्णय भने गर्न सकेनन्। 

    नयाँ नक्सा छापेपछि पछिल्लो समय प्रधानमन्त्री ओलीले आफूलाई भारतले हटाउन लागेको बताएका थिए। जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए। 

    जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको थियो। अहिलेसम्म बोलेका अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्।

    उता नेतृत्वबीच चलेको शक्ति संघर्षका कारण पार्टी फुट नजिक पुगेपछि शुक्रबार बिहान कृषि मन्त्री घनश्याम भुसालको पहलमा ११ जना नेताहरु पुल्चोकमा जम्मा भएका थिए। त्यस्तै शुक्रबारै दिउँसो केन्द्रीय सदस्यहरु जम्मा भएर धुम्बाराहीमा धर्ना बसेका छन्। नेताहरुमाथि दोस्रो पुस्ताकाले निरन्तर दबाब बढाइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]