अर्थ

बागमतीको बजेट बहुमतले पास, नेकपाले मात्रै गर्‍यो समर्थन

असार १९, २०७७

    हेटौंडा : बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक बहुमतले पास भएको छ।  बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले जवाफ दिएपछि बागमती प्रदेशको बजेट बहुमतले पारित भएको हो।  

    मन्त्रीहरुको जवाफपछि नेकपाबाहेक सबै दलहरुले बजेटमा असहमति जनाए पनि नेकपाको स्पष्ट बहुमत भएकोले बजेट पास भएको हो। बजेटमा नेपाली कांग्रेस, विवेकशील साझापार्टी, नेमकिपा, राप्रपा, राप्रपा संयुक्त र एक स्वतन्त्रले बजेटको विपक्षमा रहेका थिए।

    बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ। बागमती प्रदेश सरकारले अघिल्लो ०७६/०७७ को भन्दा ३ अर्ब ८२ करोड बढी बजेट ल्याएको हो। गत आवमा ४७ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। ०७७/०७८ मा प्रदेश सरकारले चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ अर्थात कुल बजेटको ५१ दशमलव १२ प्रतिशत बजेट विनियोजन गरेको छ।

    सबैको समन्वयमा काम गर्ने प्रतिवद्धता  

    बजेटको छलफलमा उठेको जवाफ दिँदै प्रदेश सरकारले सबै राजनीतिक दल र सरकारसँग समन्वय गरेर काम गर्ने बताएको छ । जवाफ दिँदै  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संसदमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले प्रदेश संघीय र स्थानीय तहसँग मिलेर काम गर्ने बताएका हुन्।

    उनले प्रदेश सरकारले काम गरिरहेको भन्दै आफ्नो घर अघि काम भएमात्रै काम ठान्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे। उनले २ वर्षभित्र प्रदेशभरमा  १ सय ७९ किमि सडक ढलान तथा कालोपत्रे गर्ने काम भएको, ३३ पुल निर्माण, ८ सय ७ किमि सडक निर्माण र ३ सय २० किलोमिटर सडक ग्राभेल भएको बताए।

    उनले कोरोना भाइरसको संक्रमण रोक्न र संक्रमितलाई उपचार गर्न औजार तथा उपकरण खरिद, आईसोलेसन, क्वारेन्टाइन, पिसिआर लगायतका कामका लागि कार्यक्रममा समेटेको छ। ६६ वटै निर्माण क्षेत्रमा स्वास्थ्य उपचारको व्यवस्था गरिएको उनको भनाइ छ।  उनले कोरोनाका कारण अधुरा योजनाको अवस्था हेरी म्याद थप गर्न संघीय सरकारसंग समन्वय गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]