राजनीति

नेतृत्वलाई दबाब दिन केन्द्रीय सदस्यहरुले थाले धुम्बाराहीमा धर्ना

असार १९, २०७७

    काठमाडौं : नेतृत्वको शक्ति संघर्षका कारण फुटमा पुग्न लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई जोगाउन नेताहरुले केन्द्रीय कार्यालय धुमबाराहीमा धर्ना दिएका छन्। 
    पार्टीलाई विभाजित हुनबाट जोगाउन नेकपा केन्द्रीय सदस्यहरुले धर्ना थालेका हुन्। 

    नेकपा सांसद तथा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीलाई विभाजनबाट रोक्न आवश्यक दबाबका लागि आफूहरु पार्टी केन्द्रीय कार्यालयमा धर्ना बसेको जानकारी दिएकी छन्। झाँक्री, ठाकुर गैरे, रामप्रसाद सापकोटा दीपशिखा, विजय पौडेल र हिमाल शर्मासहितले धुम्बाराहीमा धर्ना दिएका हुन्। 

    'हो, हामी केन्द्रीय कार्यालयमा जम्मा भइरहेका छौं', उनले थाहाखबरसँग भनिन्, 'नेतृत्वको शक्ति संघर्षका कारण पार्टी विभाजित हुनुहुँदैन। दुवै अध्यक्षसहितको नेतृत्वले गल्ती सच्याएर अघि बढ्ने प्रण गर्नुपर्छ, फुटको दिशातर्फ जाने होइन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]