राजनीति

बालुवाटारमा ओली–प्रचण्ड निर्णायक वार्ता, विष्णु र जनार्दन पनि सहभागी

असार १९, २०७७

    काठमाडौं : पार्टी भित्रको विवाद चर्किरहँदा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता जारी छ। 

    भेटमा पार्टी महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी भएको स्रोतले जनाएको हो।  पौडेल तत्कालीन एमालेको तर्फबाट साक्षीको रुपमा हस्ताक्षर गरेका थिए भने र शर्माले तत्कालिन माओवादी केन्द्रबाट हस्ताक्षरका साक्षी हुन्।  पौडेल र शर्मा पनि सहभागी भएपछि यो भेटलाई निकै महत्वका साथ हेरिएको छ। 

    पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए। जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए।

    जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ। अहिलेसम्म बोलेका अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]