राजनीति

प्रधानमन्त्रीले अस्पतालमा भेटे 'इनफ इज इनफ'का अनशनकारीलाई

असार १८, २०७७

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको सबल व्यवस्थापनको माग गर्दै अनशनरत युवाहरुलाई भेटेका छन्। 

    प्रधानमन्त्री ओली बिहीबार अपरान्ह धुम्बाराहीस्थित ह्‍याम्स अस्पताल पुगेर ‘इनफ इज इनफ’ समूहका अनशनकारीहरुको स्वास्थ्यबारे जानकारी लिएका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। 

    भेटमा प्रधानमन्त्रीले सरकार कोभिड-१९ नियन्त्रण गर्न पारदर्शी ढङ्गले सक्रिय रहेको उल्लेख गरेका थिए। पाटन दरबार स्क्‍वायरमा गत सातादेखि अनशन बसेका युवाहरुको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]