समाज

अर्घाखाँचीमा पनि देखियो सलह, नियन्त्रणको उपाय खोजिँदै

असार १५, २०७७

    अर्घाखाँची : जिल्लामा पनि सलह कीरा देखिएको छ। सोमबार दिउँसो अर्घाखाँचीको चार वटा  पालिकाका विभिन्न क्षेत्रमा सलह कीरा देखिएका हुन्। ​शितगंगाको ठाडादह, अमराई, कोप्चिबास, भेडामारे, सिमलपानी, जुकेना, सीतापुर, झिर्रा, मन्द्रे सुवर्णखाल, सिद्धारालगायत क्षेत्रमा सलह देखिएपछि स्थानीयले धुवाँ तथा थाल पिटेर सलहलाई थपाएका हुन्। 

    जिल्लाको आकासमा लाखौंको संख्यामा सलह देखिएको र किसानको खेतीमा पनि क्षति गरेको छ। त्यस्तै भूमिकास्थान नगरपालीकाको धनचौर, ढिकुरा, ढाकावाङ, नुवाकोटलयायत ठाउँमा सलह देखिएका हुन्। 

    पाणिनी, र मालारानी गाउँपालिकाका विभिन्न क्षेत्रमा पनि सलह कीरा आएर तरकारी बाली नष्ट गरेको किसानले गुनासो गरेका छन्। शितगंगाको सिमलपानीमा ठूलो संख्यामा सलह प्रवेश गरेपछि तीन रोपनीमा लगाएको तरकारी खेतीमा क्षति पुराएको किसान कविराम भाटले बताए। ‘जुन बिरुवा कलिलो छ ,त्यही खान सलहले जोड गर्दोरहेछ,’ उनले भने। 

    हजारौँको संख्यामा सलह आएर बसेको र विभिन्न उपाय लगाएर धपाउँदा पनि तरकारीमा नोक्सान पु¥याएको उनको भनाइ छ। प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाले किसानबाट सलह कीरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारी रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]