समाज

तीन सन्तानसहित नदीमा हामफालिन्, चारैजनाको जीवितै उद्धार

असार १४, २०७७

    अर्घाखाँची : अर्घाखाँची जिल्लाको पाणिनी ३ खिदिममा श्रीमान- श्रीमतीबीच झगडा हुँदा ३ जना छोराछोरीसहित खोलामा हाम फालेकी महिलासहित चारै जनाको जीवितै उद्दार गरिएको छ। पाणिनी ३ खिदिम निवासी सुवास नेपालीले मदिरा सेवन गरी  परिवारसँग झगडा गरेपछि रिसको झोकमा उनकी २५ वर्षीया श्रीमती पविता नेपालीले आफ्नो १८ महिनाको दूधे बालक विष्णु नेपालीलाई काखीमा च्यापेर अन्य ६ वर्षीय छोरी टीका नेपाली र ४ वर्षीय छोरा चरण नेपालीसँगै घर नजिकैको चौरेखोलामा  हाम फालेकी थिइन्। 

    छोराछोरीसहित हामफोलेको देखिपछि स्थानीयवासीले खोलामा बग्दै गरेको अवस्थामा जीवितै उद्दार गरेका थिए। घाइते उनीहरुको अहिले जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी सूचना अधिकारी प्रकाश खत्रीले बताए ।

    झगडा हुनुको कारण र थप घटनाको बारेमा खिदिम प्रहरी कार्यालयमा छलफल हुने बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]