कोभिड-१९ {अपडेट}

पश्चिम नवलपरासीको क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु

असार १४, २०७७

    पश्चिम नवलपरासी : बर्दघाट नगरपालिका–२ चिसापानीको क्वारेन्टाइनमा रहेका एक ४५ वर्षीय पुरुषको मृत्यु भएको छ।

    ती पुरुषको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आइतबार बिहान साढे ५ बजे मृत्यु भएको बर्दघाट नगगगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए। शनिबार राति करिब १२ बजे स्वास्थ्य अवस्था गम्भीर भएपछि परिवारलाई खबर गरी अस्पताल लगिएको ज्ञवालीले बताए।

    बर्दघाट–२ चिसापानीका ती पुरुष असार १२ मा भारतको मुम्बईबाट आएर चिसापानी दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए। उनी प्रेसरका बिरामी र प्यारलाइसिस समेत भएको ज्ञवालीले बताए। मृतकको स्वाब संकलन गर्ने प्रकृयामा रहेको ज्ञवालीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]